Logo

Banner-news

प्रतिनिधिसभा बैठक फागुन २३ देखिः ओली रणनीतिक, माधव प्रचण्ड अन्योलमै


GDP Nepal
   १४ फाल्गुन २०७७, शुक्रबार


काठमाडौं । सर्वोच्च अदालतको आदेशपछि सरकारले अन्ततः प्रतिनिधिसभा बैठक आह्वानका लागि राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गरेको छ । जसअनुसार अब फागुन २३ गतेबाट प्रतिनिधिसभा बैठक बस्नेछ ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले प्रतिनिधिसभाको बैठकका लागि सिफारिश गर्ने निर्णय गरेको हो । सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङका अनुसार प्रतिनिधिसभाको बैठक यही फागुन २३ गते बोलाउने विषयमा छलफल भएको हो ।

सर्वोच्च अदालतले यही फागुन ११ गते १३ दिनभित्र प्रतिनिधिसभाको बैठक बोलाउन आदेश दिएको थियो ।

संसद बैठकको अन्योल हटे पनि प्रधानमन्त्री केपी शर्मा ओली भने रणनीतिक बन्दै गएका छन् । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको संसदीय दलमा आफूविरुद्ध अविश्वास प्रस्ताव रोक्न उनले संसदीय दलका प्रमुख सचेतक देव गुरुंगलाई बर्खास्त गरी विशाल भट्टराईलाई नियुक्त गरिसकेका छन् ।

ओलीले संसदमा आफूविरुद्ध अविश्वास प्रस्ताव आउन नसक्ने र यसबीचमा नेपाली कांग्रेसलाई विश्वासमा लिन सकिने आकलन गर्दै रणनीतिक तयारीमा लागेका छन् । प्रधानमन्त्रीको भित्री रणनीतिबारे प्रचण्ड माधव नेपाल समूह भने अनभिज्ञ देखिन्छ भने संसद पुनस्र्थापनापछि अब कसरी अगाडि बढ्ने भन्नेमा यो समूह पनि अन्योलमै देखिन्छ ।

प्रकाशित : १४ फाल्गुन २०७७, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह