Logo

बिजनेस होम

जङ्गल सफारी लजले ल्यायो ‘यसपालीको दसैं तिहार सौराहामा’ योजना


GDP नेपाल
   १७ भाद्र २०७८, बिहिबार


काठमाडौँ ।

कोभिडले थला परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन चितवनको सौराहामा रहेको जङ्गल सफारी लजले “यसपालीको दसैं तिहार सौराहामा” योजना ल्याएको छ ।

भाद्र १६ देखि कार्तिक १५ सम्म लागु हुने यस योजना अन्तर्गत पर्यटकले प्रति व्यक्ति दुई रात तीन दिनको प्याकेज मात्र ५ हजार ५ सय ५५ रुपैयाँमा सौराहा घुम्न पाउनेछन् । यस प्याकेजमा सहभागी हुनेले एउटा लन्च, दुई वटा डीनर र ब्रेकफास्ट सहित हात्ती प्रजनन केन्द्र भ्रमण, थारु नाच, सूर्यास्त र थारु गाउँ अवलोकन गर्न पाउनेछन् जङगल सफारी लजका कार्यकारी निर्देशक सुमन घिमिरेले जानकारी दिए । सहुलियत मुल्यमा स्विमिंग पुल, पूर्ण वातारणअनुकुलित कोठा, रेष्टुरेण्ट र वाइफाई सुविधा हुनुका साथै पर्यटकले सौराहाको अन्य गतिविधिमा सहभागी हुन सक्ने पनि उनको भनाई छ । कोभिडको कारण विगत लामो समय देखि घरमै बस्नु भएकाहरुलाई घुमाउनको निम्ती र घुम्ने संस्कृति विकास गर्नको लागि पनि यो प्याकेज योजना ल्याएको उनले जानकारी दिए ।

“हामीले विगत एक दशक देखि दसैं तिहारको समयमा यस्तै योजना ल्याउँदै आएका थियौं, सफल पनि भयौं त्यसैले यो वर्ष पनि निरन्तरता दिंदै छौं,”। जंगल सफारी लजले विभिन्न सभा गोष्ठीको लागि सेमिनार हलमा समेत यो अवधि भर विशेष छुट दिने बताएको छ ।

प्रकाशित : १७ भाद्र २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह