Logo

Banner-news

सेयर बजारमा हरियाली, १६१ अङ्कले बढ्यो नेप्से


GDP नेपाल
   २१ भाद्र २०७८, सोमबार


काठमाडौँ ।

साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १६१.९४ अंकले बढेको छ । नेप्से आज एक सय ६१ दशमलव ९४ अङ्कले बढेर दुई हजार नौ सय ८० दशमलव ७८ विन्दुमा पुगेको छ ।

लगातार ओरोलो लागेको नेस्से आज पाँच दशमलव ९४ प्रतिशतले बढेको हो ।

आज बैंकिङ ७८, व्यापार १३३, होटल तथा पर्यटन १९४, विकास बैंक ५०३, जलविद्युत २८३, फाइनान्स २५६, निर्जीवन बीमा ६४३, उत्पादन ३९८, अन्य १५०, माइक्रोफाइनान्स २४१, जीवन बीमा ८१७ र लगानी समूह ६ अंकले बढेका छन् ।

ज्योति विकास बैंक, युनाइटेड मोदी हाइड्रोपावर, कामना सेवा विकास बैंक, नेपाल हाइड्रो डेभलपर्स, कालिका पावर, युनाइटेड इदी मर्दी, ग्रीन डेभलपमेन्ट बैंक, रसुवागढी हाइड्रोपावर, नेसनल हाइड्रोपावर, मितेरी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, अपि पावर, गोर्खाज फाइनान्स,
श्री इन्भेष्टमेन्ट फाइनान्स, समृद्धि फाइनान्स, एक्सल डेभलपमेन्ट बैंक, नेपाल टेलिकम, महालक्ष्मी विकास बैंक, साइन रेसुङ्गा डेभलपमेन्ट बैंक, फस्ट माइक्रोफाइनान्स, रिलायन्स फाइनान्सको मूल्य १० प्रतिशतले बढेको छ ।

आज दुई सय २४ वटा कम्पनीको एक करोड ७९ लाख कित्ता शेयर नौ अर्ब ८२ करोड रुपैयाँमा कारोबार भएको छ । सबैभन्दा धेरै अरुण भ्याली हाइड्रोपावरको ४६ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको छ ।

प्रकाशित : २१ भाद्र २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह