काठमाडौं ।
धागो उद्योगीहरूले डेडिकेटेड र ट्रंकलाइन फिडरका नाउँमा विद्युत् प्राधिकरणले आफूहरुलाई बदनाम गराउन खोजिएको आरोप लगाएका छन् ।
नेपाल धागो उत्पादक संघले मंगलबार राजधानीमा आयोजना गरेको कार्यक्रममा उद्योगीहरुले आफूहरुले उपयोग नै नगरेको विद्युतको महशुल तिराउन खोजिएको आरोप लगाए ।
संघका अध्यक्ष पवन गोल्याणले लोडसेडिङ्गको बखत दैनिक निरन्तर २४ घण्टा विद्युत माग गरिएको, उक्त माग संचालक समितिबाट स्विकत भएको र सो अनुसार उद्योग र प्राधिकरण बिच सम्झौता समेत भए पनि उपलब्ध नभएको दावी गरे ।
‘लोडसेडिङ्गको अवधिमा दैनिक निरन्तर २४ घण्टा विद्युत प्रदान गरिएको तथ्य प्राधिकरणले प्रमाणित र स्थापित गरि दिएमा विवादित रकमको भुक्तानी तत्काल सम्बन्धित उद्योगले गर्न तयार रहेको भएतापनि प्राधिकरणले सो तथ्य स्थापित गर्न सकेको छैन’ गोल्याणले भने ।
विद्युत महसुल सेवा शुल्क वा अन्य दस्तुर सम्बन्धि विषय विद्युत ऐन, २०४९ को दफा ४०९१० र ९२० बमोजिम नेपाल सरकारले नियम बनाउन सक्ने भएतापनि आफुसंग हुदै नभएको अधिकार प्रयोग गरी भुतप्रभावी महशुल निर्णय गराइएको संघको भनाइ छ ।
संघले आम नेपाली नागरिकले प्राप्त गर्ने विद्युत कटौति गरी गराई आम उपभोक्तालाई लोडसेडिङ्गमा राखी उक्त विद्युत कोही कुनै उद्योगलाई प्राधिकरणले दिइएको भन्दै मानमर्दन गरिएको बताएको छ ।
‘उद्योगी व्यवसायीको कारण आम नेपाली नागरिकले लोडसेडिङ्ग खेप्नु परेको जस्ता भ्रामक कुसमाचार सम्प्रेषण गरी गराई उद्योग व्यवसाय संस्थापना गरी मलकलाई औद्योगिक रुपमा आत्मनिर्भर बनाउने तथा मुलुकमा रोजगार श्रृजना गर्ने हामी उद्योगी व्यवसायीहरु प्रति आम जनमानसभा नकारात्मक भावना र बातावरण श्रृजना गरी नेपालको संविधान प्रदत्त हाम्रो सम्मानपूर्वक बाच्ने, व्यापार व्यवसाय गर्ने, हाम्रो समानता र सम्पत्तिको हक, सूचनाको हक उपभोक्ताको हक अपहरित गर्ने कार्य कोही कसैबाट नगरियोस नहोस तर्फ सम्बन्धित सरोकारवाला लाई यसै विज्ञप्ति मार्फत निवेदन गर्दछ’ संघले भनेको छ ।
प्रतिक्रिया