काठमाडौँ ।
गरिमा विकास बैंकका ग्राहकले होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ मा विषेश छुट पाउने भएका छन् ।
मंगलबार गरिमा विकास बैंक र होटल ‘ल्याण्डमार्क होटल्स रिर्सोट एण्ड स्पा’ बीच छुटको लागि सम्झौता धएसँगै बेंकका ग्राहकले फुड एण्ड वेभरेजमा १५ प्रतिशत छुट पाउने भएका हुन् ।
सम्झौता अनुसार गरिमा विकास बैंकका डेविट कार्ड र मोबाईल बैकिङ्ग प्रयोग गरि बिल भुक्तानी गर्दा ग्राहकले छुट सुविधा पाउँनेछन् । बैंकले १०६ शाखा कार्यालय र ५१ ए.टि.एम.बाट सुविधा प्रदान गर्दै आईरहेको छ ।
प्रतिक्रिया