Logo

Banner-news

सेयर बजार राताम्मे, ६० अंकले घट्यो नेप्से


GDP नेपाल
   २३ भाद्र २०७८, बुधबार


काठमाडौँ ।

साताको चौथो दिन बुधबार सेयर बजार परिसूचक (नेप्से) राताम्मे भएको छ ।

मंगलबार ४४.१८ अंकले घटेको नेप्से आज बुधबार पनि ६० दशमलव ०२ अङ्कले घटेर दुई हजार ८७६ दशमलव ५९ विन्दुमा झरेको छ ।

आज बैंकिङ समूहको सेयर साढे ३१ अङ्कले, व्यापारको ८२, होटल समूहको ६४ र विकास बैंक समूहको सेयर एक सय ५७ अङ्कले घटेको छ । त्यस्तै, फाइनान्सको ९७, माइक्रोफाइनान्सको ६७, जीवन बीमा समूहको चार सय २१, निर्जीवन बीमा समूहको तीन सय २८ अङ्कले र अन्य समूहको सेयर ६३ अङ्कले घटेको छ ।

आज दुई सय २५ कम्पनीका एक करोड ६१ लाख कित्ता शेयर ६ अर्ब ६४ करोड रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै युनाइटेड मोदी हाइड्रोपावर कम्पनीको ४० करोड ५७ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

प्रकाशित : २३ भाद्र २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह