साताको दोस्रो दिन सोमबार सेयर बजार परिसूचक (नेप्से) मा गिरावट आएको छ । आज नेप्से २३.१९ अंकले घटेर २६३९ दशमलव ३७ को बिन्दुमा पुगेको छ ।
आज बैँकिङ १६.२५, विकास बैंक ६५.३८, होटल तथा पर्यटन १८.६३, जलविद्युत ३२.९३, निर्जीवन बीमा ७८.९६, माइक्रोफाइनान्स ५७.५८, उत्पादन १८.१६, ट्रेडिङ ६४.४९, फाइनान्स ४२.७५, जीवन बीमा ४१.०६ र अन्य समूह ३७.५२ अंकले घटेका छन् । त्यस्तै, आज म्युचुअल फन्ड ०.०६ र लगानी ०.९१ अंकले बढेका छन् ।
आज २१९ कम्पनीका ९३ लाख कित्ता शेयर ३ अर्ब ६३ करोडमा कारोबार भएका छन् ।
प्रतिक्रिया