साताको पहिलो दिन आइतबार सेयर बजार बढेको छ । आज नेप्से १७ दशमलव ५९अंकले बढेर दुई हजार ६५६ दशमलव ५९ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ६.२४, व्यापार ४१.४२, होटल तथा पर्यटन १०५.१८, विकास बैंक ६५.५४, जलविद्युत १५.४३, फाइनान्स १४.०४, निर्जीवन बीमा १२२.४७, उत्पादन ३९.६४, अन्य ३४.२२, माइक्रोफाइनान्स १७.०९ र जीवन बीमा ११२.६३ अंकले बढेका छन् ।
त्यस्तै, आज म्यूचुअल फन्ड ०.११ अंकले घटेको छ ।
आज दुई सय १८ वटा कम्पनीको ४७ लाख कित्ता शेयर १ अर्ब ४९ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया