Logo

कर्पोरेट-बजार

आईफोन १३ को प्रि–बुकिंग खुला, मूल्य कति ?


GDP नेपाल
   ५ कार्तिक २०७८, शुक्रबार


काठमाडौं ।

नेपालमा एप्पलको लागि एक मात्र आधिकारिक राष्ट्रिय वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसनले आइफोन १३ सिरिजको लागी प्रि–बुकिङ खुलाएको छ ।

आइफोन १३ नेपालमा सन् २०२१ अक्टोबर २९ बाट बिक्री सुरु हुने कम्पनीले जनाएको छ । यसको पहिलो लट सीमित स्टकका साथ प्रि–बुकिंगको माध्यमबाट उपलब्ध हुने जनाइएको छ। ग्राहकहरुले आईएमई पे एप्लिकेसनको उपयोग गरी आफ्नो नयाँ आईफोनहरुको प्रि–बुकिंग गर्न सक्ने कम्पनीले जनाएको छ। जहाँ ग्राहकहरुले रु ३० हजारभन्दा माथिको नगदका विभिन्न अफरहरु प्राप्त गर्नेछन्। साथै थुप्रै डिस्काउन्ट कुपनसमेत विभिन्न स्थानबाट पाउने सकिने जेनएक्सटीले जानकारी दिएको छ। जसमा रोडहाउस क्याफेमा १० प्रतिशत छुट, एभरेस्ट होटलमा १५ प्रतिशत छुट रहेका छन्। 

त्यस्तै बिइन्ग ह्युमन नेपालमा १० प्रतिशत, भेन्चुरिनी सुजमा १० प्रतिशत, राइट च्वाइस नेपालमा २५ प्रतिशत, बाइकर्स मार्टमा १० प्रतिशत, अर्बनफुडमा १५ प्रतिशत, नील डेभिडको सैलुनमा १० प्रतिशत, केज फिटनेसमा २० प्रतिशत र अप्सन दरबारमार्गमा ५० प्रतिशतसम्मको छुट पाइने व्यवस्था गरिएको छ।

यसबाहेक यसमा एक वर्षको निःशुल्क ब्रेकरेज बिमा र सम्पूर्ण लाइनअपको लागि १ वर्षको वारेन्टीसमेत उपलब्ध रहेको कम्पनीले जनाएको छ।

 

 

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह