Logo

कर्पोरेट-बजार

यति एयरलाइन्सलाई अन्तर्राष्ट्रिय उडानको अनुमति


GDP नेपाल
   ५ कार्तिक २०७८, शुक्रबार


काठमाडौँ ।

यति एयरलाइन्सले अन्तर्राष्ट्रिय उडानको अनुमति पाएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपालको निजी लगानीको वायुसेवा कम्पनी यति एयरलाइन्सलाई बिहीबार अन्तर्राष्ट्रिय उडानको अनुमति दिएको हो ।

ननसेड्यूल तथा चार्टर्ड उडान गर्न सक्ने गरी अन्तर्राष्ट्रिय उडानको एओसी पाएको एयरलाइन्सले जानकारी दिएको छ । एयरलाइन्सले अब दक्षिण एसिया तथा दक्षण पूर्वी एसियाली मुलुकमा उडानको तयारी गर्ने जनाइएको छ ।

नेपालबाट अन्तर्राष्ट्रिय उडानका लागि अनुमति पाउँने पाचौँ कम्पनीमा यति एयरलाइन्स रहेको छ । यसअघि नेपाल एयरलाइन्स, हिमालय एयरलाइन्स, बुद्ध एयर र श्री एयरलाइन्सले अन्तर्राष्ट्रिय उडान भर्दै आएका छन् ।

प्रकाशित : ५ कार्तिक २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह