Logo

कर्पोरेट-बजार

३ महिनामा २४ अर्ब विदेशी लगानी स्वीकृत, ८७ उद्योग दर्ता


GDP नेपाल
   ७ कार्तिक २०७८, आइतबार


काठमाडौँ ।

उद्योग विभागले ३ महिनामा १ सय ७ ओटा उद्योगमा २४ अर्ब रुपैयाँ विदेशी लगानी स्वीकृत गरेको छ । लगानीका यी उद्योग परियोजनामा ७ हजार १ सय ९५ रोजगारी सिर्जना हुने विभागले जानकारी दिएको छ ।

विभागले दिएको तथ्यांक अनुसार साउनदेखि असोजसम्ममा स्वदेशी तथा विदेशी गरी कुल १ खर्ब २२ अर्ब लगानी प्रस्ताव आएको छ । यस अविधिमा ८७ उद्योग दर्ता भएका छन् ।

त्यस्तै, यो अवधिमा ९ सय १० ओटा ट्रेडमार्क र ५ ओटा डिजाइन दर्ता भएका छन् । पेटेन्ट दर्ताको संख्या भने ३ महिनामा शून्य रहेको छ ।

त्यस्तै, यो अवधिमा १४ ओटा परियोजनाको प्रारम्भिक वातावरणीय परीक्षण (आईईई) गरिएको, ट्रेडमार्कसम्बन्धी ५४ ओटा मुद्दामा कारवाही गरिएको छ ।

विभागका अनुसार यस अवधिमा ठूला २६, मझौला, ३४ र साना २७ उद्योग दर्ता भएका छन् । कोभिड प्रभाव न्यून हुँदै गएपछि नेपालीमा विदेशी तथा आन्तरिक लगानी बढ्न थालेको विभागको भनाइ छ ।

प्रकाशित : ७ कार्तिक २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह