साताको तेस्रो दिन मंगलबार सेयर बजारमा हरियाली छाएको छ । आज नेप्से ७८ दशमलव ८२ अंकले बढेर दुई हजार ७५१ दशमलव ०७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ४५.०१, व्यापार ८३.३६, होटल तथा पर्यटन २३२.२, विकास बैंक १८५.८३, जलविद्युत १२३.५९, फाइनान्स १२६.६६, निर्जीवन बीमा ३१७.५३ उत्पादन १७४.५५, अन्य ४४.८८, माइक्रोफाइनान्स ६८.३१, जीवन बीमा ४९९.९८, लगानी समूह ३.९१ र सामूहिक लगानी ०.२१ अंकले बढेका छन् ।
आज दुई सय २२७ वटा कम्पनीको एक करोड ४८ लाख कित्ता शेयर ६ अर्ब ३१ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया