बुधबार सेयर बजार दोहोरो अंकले बढेको छ। आज नेप्से १८ दशमलव ०६ अंकले बढेर दुई हजार ७६९ दशमलव १३ विन्दुमा पुगेको छ ।
आज बैंकिङ १३.२६, व्यापार २३.४६, फाइनान्स ९.६६, निर्जीवन बीमा १७८.२३, अन्य २२.८१, माइक्रोफाइनान्स ५८.६, जीवन बीमा ३१७.७४, लगानी समूह ० र सामूहिक लगानी ०.१४ अंकले बढेका छन् । त्यस्तै आज, होटल तथा पर्यटन १०.२४, विकास बैंक १.५५, जलविद्युत २०.३८ र उत्पादन समूह ४४.०८ अंकले घटेका छन् ।
आज दुई सय २२८ वटा कम्पनीको एक करोड १५ लाख कित्ता शेयर ६ अर्ब ६१ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया