Logo

कर्पोरेट-बजार

जापानमा बन्यो आकाशमा उड्ने मोटरसाइकल, मूल्य ८ करोड


GDP नेपाल
   ११ कार्तिक २०७८, बिहिबार


एजेन्सी ।

टेक्नोलोजीको दूनियाँमा अगाडि रहेको जापानले आकाशमा उड्ने मोटरसाइकल निर्माण गरेको छ । जापानको स्टार्टअप कम्पनी एएलआई टेक्नोलजीजले आकाशमा उड्ने होभर बाइक निर्माण गरेको हो ।

उक्त होभर बाइकको मूल्य छ लाख ८० हजार डलर अर्थात् झन्डै आठ करोड १६ लाख नेपाली रुपैयाँ तोकिएको छ । होभरबाइकको ‘एक्सटुरिज्मो लिमिटेड एडिसन’ बुधबारदेखि जापानी बजारमा उपलब्ध भएको छ । आगामी वर्षको मध्यसम्ममा एक जना चढ्न मिल्ने ३०० केजी तौल भएका २०० वटा होभरबाइक उत्पादन गर्ने निर्माता कम्पनीको लक्ष्य रहेको छ ।

प्रत्येक होभरबाइकमा एउटा इन्जिन र ब्याट्रीजडित चारवटा मोटरहरू छन् । इलेक्ट्रोनिक्स कम्पनी मित्सुबिशी र चर्चित फुटबल खेलाडी केइसुके होन्डा टोक्योस्थित उक्त कम्पनीका लगानीकर्ता रहेको बिबिसीले जनाएको छ । एकचोटि चार्ज गरेपछि यो बाइक १०० किलोमिटर प्रतिघण्टाको गतिमा ४० मिनेटसम्म उड्न सक्ने एएलआई टेक्नोलोजीजले जनाएको छ।

प्रकाशित : ११ कार्तिक २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह