Logo

कर्पोरेट-बजार

पाँच सयले घट्यो सुनको मूल्य


GDP नेपाल
   १७ कार्तिक २०७८, बुधबार


काठमाडौँ ।

नेपाली बजारमा आज सुनको मूल्य पाँच सयले घटेको छ ।

मंगलबार प्रतितोला ९२ हजार रुपैंयामा कारोबार भएको छापावाल सुन आज प्रतितोला ९१ हजार ५०० रुपैंयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । त्यस्तै, तेजावी सुनको प्रतितोला ९१ हजार रुपैंयामा कारोबार भइरहेको छ ।

महासंघका अनुसार चाँदीको मूल्य भने २५ रुपैंयाले घटेर प्रतितोला १ हजार २२५ रुपैंया कायम रहेको छ ।

प्रकाशित : १७ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह