Logo

कर्पोरेट-बजार

सिलिङ्क्सको नयाँ लोगो सार्वजनिक


GDP Nepal
   २२ कार्तिक २०७८, सोमबार


काठमाडौं । सिलिङ्क्स ट्राभल्स एण्ड टुर्स प्रा. लि. आगामी वर्ष आफ्नो १५ औं बार्षिकोत्सव मनाउँदैछ । सन् २००७ मा टिकेटिङ्ग सेवा प्रदान गर्ने गरि स्थापना गरिएको सिलिड्ढस्ले आफ्नो १५ बर्षे यात्रामा ठूलो छलाङ्ग मारिसकेको छ ।

सफलताको यो यात्रालाई उत्सवमय बनाउने अभिप्राय अनुरुप सिलिङ्क्सले विभिन्न किसिमका कार्यक्रमहरु लिएर आउँदैछ ।

डेढ दशक लामो यात्रामा भएका परिवर्तनहरुलाई आत्मसाथ गर्दै सिलिङ्क्सले कर्पोरेट लोगो परिवर्तन गरेर रुपान्तरणको शुरुवात गरेको हो ।

नेपालीहरुको माहन् चाढ दिपावलीको संघारमा नयाँ लोगो सार्बजनिक गर्नुका साथै डेढ दशकको यस यात्रामा निरन्तर साथ र सहयोग गर्ने आफ्ना कर्पोरेट पार्टनरहरु माझ नयाँ लोगो परिवर्तनको सन्देश प्रबाह गर्दै सिलिङ्क्स टिम शुभकामना आदान प्रदानका लागि विभिन्न एअरलाईन्स तथा कर्पोरेट हाउसहरुमा भेटघाटका लागि गए ।

सिलिङ्क्सको निलो र सुन्तले रङ्ग (ब्लु एण्ड अरेन्ज) मा संयोजन गरिएको यो नयाँ लोगोले सिलिड्ढस्को नाम भित्रको मर्म मात्र नभएर आफ्ना ग्राहकको सन्तुष्टि र खुशी समेत प्रतिनिधित्व गर्छ ।

कुनै एक विन्दुबाट अर्को विन्दु सम्म गरिने सबै किसिमका यात्राका लागि टिकटिङ्ग गर्ने सिलिङ्क्सले प्रतिस्पर्धी मूल्य र ग्राहक सन्तुष्टिलाई प्राथमिक लक्ष्य बनाएको छ ।
“सिलिङ्क्स नयाँ लोगोले ट्राभल ट्रेडमा विकास भएको आधुनिकता र बहुआयमिकता प्रट्याउँछ,” सिलिङ्क्सकी कार्यकारी निर्देशक पावना श्रेष्ठ भन्छि, “यो परिवर्तन कोभिड १९ पछिको पुर्नजागरण पनि हो । यसमा खुशि र आशा भरिएको छ । यसले हामी अझ बढी सेवाग्राही प्रति उत्तरदायी भएका छौं भन्ने पनि बुझाउँछ ।”

सिलिङ्क्सले सेल्स ब्लिजकै शैलिमा गरेको लोगो अनभिलिङ्ग र भेटघाट कार्यक्रमले नोभेम्बर महिना भरि निरन्तरता पाउने जनाइएको छ ।

प्रकाशित : २२ कार्तिक २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह