Logo

अर्थनीति

पेट्रोलको मूल्य हालसम्मकै उच्च, ग्यासमा भारी मूल्यवृद्धि !


GDP Nepal
   २४ कार्तिक २०७८, बुधबार


काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेर अहिलेसम्मकै उच्च भएको छ । नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा ३,३ रुपैयाँ र आन्तरिक र बाह्य हवाई उडानमा प्रयोग हुने इन्धनमा ५,५ रुपैयाँको दरमा मूल्य बढाएको हो ।

अब पेट्रोलको मूल्य १ सय ३६ रुपैयाँ, डिजेल र मट्टितेल १ सय १९ रुपैयाँ, आन्तरिक हवाई इन्धन १ सय १ रुपैयाँ र बाह्य हवाई इन्धनको प्रति किलोलिटर अमेरिकी डलर ८ सय ९५ कायम भएको छ ।

यसअघि २०६३ मा पेट्रोलको मूल्य प्रतिलिटर १३५ रुपैयाँसम्म पुगेको थियो ।

त्यस्तै ग्यासको मूल्य एकैपटक ७५ रुपैयाँले बढाएर १ हजार ५ सय ७५ रुपैयाँ पुर्याइएको छ ।

यो समायोजनपछि पनि निगमलाई पेट्रोलमा १७।५८ रुपैयाँ, डिजेलमा १३।१४ रुपैयाँ, एलपी ग्यासमा ६ सय ५७ दशमलव ८४ रुपैयाँ नोक्सान रहेको निगमले जनाएको छ । यी सबै नोक्सान जोड्दा निगम १५ दिनमा २ अर्ब ६२ करोड नोक्सान हुने निगमको प्रक्षेपण रहेको छ ।

noc-media.jpg

प्रकाशित : २४ कार्तिक २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह