काठमाडौँ ।
नेपाल टेलिकमले चालू आर्थिक वर्षको पहिलो त्रैमासीक वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीको विवरण अनुसार गत वर्षको तुलनामा टेलिकमको आम्दानी ८.३९ प्रतिशतले वृद्धि भएको छ ।
टेलिकमले चालु आर्थिक वर्षको ३ महिनामा १० अर्ब ९५ करोड २३ लाख ४६ हजार कुल आम्दानी गरेको हो । टेलिकमले अघिल्लो वर्षको पहिलो त्रैमासमा ८ अर्ब ६३ करोड रुपैयाँ आम्दानी गरेको थियो । त्यस्तै, सोही अवधिमा कम्पनीको खुद मुनाफा ७४ करोडले बढेको छ । गत वर्षको पहिलो त्रैमासमा कम्पनीले १ अर्ब ५१ करोड मुनाफा आर्जन गरेको थियो । यो वर्ष कम्पनीले २ अर्ब २५ करोड मुनाफा आर्जन गरेको छ ।
त्यस्तै गत आवको प्रथम त्रैमासिकमा इबीआईटीडीए रु ३ अर्ब ९७ करोड ४ लाख ९१ हजार रहेकोमा चालु आवको सोही अवधिमा रु ८४ करोड ४९ लाख ५७ हजार अर्थात २१.२८ प्रतिशत०ले वृद्धि भई ईबीआईटीडीए रु ४ अर्व ८१ करोड ५४ लाख ४८ हजार रहेको छ ।
प्रतिक्रिया