Logo

राजनीति

संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव कोफी अन्नानको निधन


appharu
   २ भाद्र २०७५, शनिबार


काठमाडौं, संयुक्त राष्ट्रसंघका पूर्वमहासचिव तथा सन् २०११ का नोबेल शान्ति पुरस्कार विजेता कोफी अन्नानको आज निधन भएको छ । उनको ८० वर्षको उमेरमा सामान्य बिरामकै क्रममा निधन भएको हो ।

कोफी अन्नान फाउन्डेसनले छोटो समयको बिरामपछि शनिबार अन्नानको निधन भएको जनाएको छ ।
अन्नान संयुक्त राष्ट्रसंघको नेतृत्व गर्ने पहिलो अफ्रिकन हुन् । उनले सन् १९९७ देखि २००६ सम्म सफलतापूर्वक महासचिवको नेतृत्व सम्हालेका थिए ।

सिरियाको शान्ति स्थापनाका लागि अन्नानले राष्ट्रसंघको विशेष दूतका रुपमा समेत काम गरेका थिए । घानाका कूटनीतिज्ञ अन्नानको उपचारका क्रममा स्वीटजरल्यान्डमा निधन भएको हो । उनी केही वर्षदेखि जेनेभामा बस्दै आएका थिए । उनका श्रीमती तथा तीन सन्तान छन् ।

राष्ट्रसंघको ट्वीटर पेजमा लेखिएको छ, ‘हामीले एक महान् व्यक्ति तथा एक दूरदर्शी नेता गुमाएका छौं ।’ अन्नान गरिबी र बालमृत्युदर कम गर्ने सहस्राब्दी विकास लक्ष्य प्राप्तिका कारण पनि परिचित छन् ।

प्रकाशित : २ भाद्र २०७५, शनिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह