Logo

मुख्य समाचार

भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन सद्भावना दूत बन्न प्रस्ताव


GDP नेपाल
   ५ मंसिर २०७८, आइतबार


काठमााडैँ ।

नेपाल पर्यटन बोर्ड र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले भारतीय योगगुरु रामदेवलाई नेपालको पर्यटन सद्भावना दूत बन्न प्रस्ताव गरेको छ ।

आइतबार मन्त्रालयको आयोजनामा पशुपतिनाथमा गरिएको योग शिविरमा पर्यटनमन्त्री प्रेमबहादुर आलेले योगगुरु रामदेवलाई नेपालको पर्यटन क्षेत्रको प्रचारप्रसार तथा प्रवर्द्धन गर्नका लागि ब्रान्ड एम्बेसडर बन्न प्रस्ताव राखेका हुन् ।

त्यस्तै, पर्यटन बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले पनि योगगुरु रामदेव सद्भावना दूत बन्न प्रस्ताव गरेका छन् ।

बोर्डले रामदेवलाई सद्भावना दूत बन्न प्रस्ताव गरेको बताउँदै उनले भने “हामीले विभिन्न ढंगले नेपालको पर्यटनलाई प्रवर्द्धन गरिरहेकै छौँ । नेपाललाई मूलतः साहसिक पर्यटकीय गन्तव्यका रूपमा हेर्ने गरिएको छ । तर, नेपाल साहसिक गन्तव्यका साथै संस्कृति, प्रकृति र आध्यात्मिक पर्यटनको पनि संगम हो । यसलाई प्रवर्द्धन गर्न यो प्रयासले सहयोग पुग्ने हाम्रो विश्वास हो,”

प्रकाशित : ५ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह