काठमाडौँ ।
काठमाडौंदेखि मुम्बई, बेग्लोर र बनारस हवाई उडान पुःन सञ्चालन हुने भएको छ ।
कोरोना भाइरस महामारीका कारण लामो समयदेखि बन्द भएको उडान भारतको प्रस्तावमा खुल्ने भएको छ । भारतले नेपाल वायुसेवा निगमलाई ५६ वटा उडान भर्न प्रस्ताव गरेकोमा संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयले बन्द हुनु अघिकै अवस्थामा उडान सुचारु गर्ने प्रस्ताव पठाउने भएको छ ।
महामारी अघि काठमाडौं बनारस उडान भर्दै आएको बुद्ध एयर र भारतीय वायुसेवा निगमलगायत वायुसेवाले पनि उडान भर्न पाउने भएका छन् ।
प्रतिक्रिया