Logo

कर्पोरेट-बजार

नेपाल टेलिकमकाे ‘प्याकेज एक फाइदा अनेक’ अफर


GDP नेपाल
   ७ मंसिर २०७८, मंगलबार


काठमाडौं ।

नेपाल टेलिकमले ‘प्याकेज एक फाइदा अनेक’ अफर ल्याएको छ । टेलिकमको सो अफर अन्तर्गत फाइबर इन्टरनेट जडान गर्दा ग्राहकले एनटीटिभी निःशुल्क प्रयोग गर्न सक्नेछन् भने टेलिफोन लाइनमा भ्वाइस कल र मोबाइलमा डेटा निःशुल्क पाउनेछन् ।

टेलिकमका अनुसार यो अफर माघ १ गतेसम्म लागु हुने छ । टेलिकमको २५, ४० वा ८० एमबीपीएस गतिको इन्टरनेट खरिद गर्दा सो प्याकेजमा सहभागी हुन सकिनेछ । यसअन्तर्गत ग्राहकले एक वर्षका लागि १५ हजार ९८० रूपैयाँमा २५ एमबीपीएस अनलिमिटेड इन्टरनेट खरिद गर्दा १६५ भन्दा बढी च्यानल भएको एनटी टिभी निःशुल्क हेर्न पाउनेछन् ।

त्यस्तै टेलिफोन लाइनमा तीन हजार मिनेट फ्रि कल पाउनेछन् भने एउटा मोबाइलमा १०६ जीबी डेटा पाउनेछन् । यो प्याकेज लिँदा राउटर र सेटटप बक्स पनि निःशुल्क पाउन सकिने जनाइएको छ ।

त्यस्तै यो प्याकेजअन्तर्गत एक वर्षका लागि ४० एमबीपीएस इन्टरनेटको शुल्क १७ हजार १०० रूपैयाँ निर्धारण गरिएको छ भने ८० एमबीपीएस गतिको इन्टरनेटको शुल्क २२ हजार ५०० रूपैयाँ तोकिएको छ ।

प्रकाशित : ७ मंसिर २०७८, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह