Logo

मुख्य समाचार

नेपालको आर्थिक विकासका लागि एमसीसी परियोजना पारित गर्नुपर्छ : अध्यक्ष गोल्छा


GDP नेपाल
   ८ मंसिर २०७८, बुधबार


काठमाडौँ ।

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित गर्नुपर्ने बताएका छन् ।

नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको कार्यक्रममा बोल्दै गोल्छाले एमसीसी विकासको परियोजना भएकाले आर्थिक समृद्धिलाई संकुचन गर्ने कार्य नगर्न आग्रह गरेका छन् ।

‘एमसीसीको विषयमा मेरो कुनै स्वार्थ छैन । तर, नेपालको आर्थिक विकासको लागि यो परियोजना पारित गर्नुपर्छ,’ उनले भने, ‘धेरै उग्र राष्ट्रवादतिर गएर आर्थिक समृद्धिलाई संकुचन गर्ने कार्य नगरौँ ।’

त्यस्तै, कोरोना महामारीपछिको समयमा राष्ट्र बैंकको कुशल व्यवस्थापनले तरलता सहज भएको जनाउँदै उनले भने ‘कोभिडपछि धेरै विज्ञहरूले अब हाम्रो अर्थतन्त्र धेरै समय नेगेटिभ अवस्थामा जान्छ भन्ने विश्लेषण गरेका थिए, राष्ट्र बैंकको कुशल व्यवस्थापनले तरलता सहज भयो । जसले गर्दा आर्थिक पुनरुत्थानमा ठूलो सहयोग गर्‍यो ।’

प्रकाशित : ८ मंसिर २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह