Logo

Sub-banner

पर्वतको मोदीमा घरेलु उत्पादनको प्रदर्शनी मेला सुरु


GDP नेपाल
   १० मंसिर २०७८, शुक्रबार


पर्वत  ।

मोदी गाउँपालिकाले उद्योग दिवसको अवसर पारेर गाउँपाालिकास्तरीय स्थानीय घरेलु उत्पादनको प्रदर्शनी कार्यक्रम सञ्चालन गरेको छ । गाउँपालिकाले जिल्लाको सबैभन्दा होचो मोदीखोलाको सतहदेखि सबैभन्दा अग्लो हम्पालसम्म उत्पादन भएका घरेलु, कृषि, पशु तथा अन्य उद्यमको प्रदर्शनी गरेको हो ।

यही मङ्सिर ९ देखि ११ गतेसम्म सञ्चालन हुने गरी आयोजना गरिएको प्रदर्शनीमा विभिन्न २० भन्दा बढी कक्षमा स्थानीय उत्पादन, खानाका परिकार, घरबासको आतिथ्यता, स्थानीय संस्कृति झल्किने गरी प्रदर्शनी राखिएको छ । जिल्लाका सबैभन्दा धेरै घरबास सञ्चालन रहेको उक्त गाउँपालिकाको चित्रे, भुक, क्याङ, लेस्पार, देउरालीलगायतका स्थानबाट स्थानीय संस्कृतिसहितको घरबास झल्किने गरी खाना तथा परिकार प्रदर्शनीस्थलमा राखिएको छ भने उच्च भूभागमा उत्पादन हुने अल्लोका कपडा, नेपाली कागजबाट बनेका विभिन्न सामग्री प्रदर्शनीमा आकर्षणका रूपमा राखिएको छ ।

तीन दिनसम्म सञ्चालन हुने उक्त प्रदर्शनी विशेषगरी स्थानीय उत्पादनको प्रचारप्रसार र उद्यमीलाई प्रोत्साहन दिलाउने उद्देश्यले आयोजना गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसनबहादुर क्षेत्रीले बताउनुभयो । प्रदर्शनीको उद्घाटन गर्दै गाउँपालिकाका अध्यक्ष प्रेम पौडेलले गाउँपालिकालाई समृद्ध बनाउनका लागि स्थानीय उत्पादनको बजारीकरण र प्रवद्र्धन महत्वपूर्ण रहेको जानकारी दिँदै गाउँपालिकाले त्यो लक्ष्य प्राप्ति गर्नका लागि प्रदर्शनीको आयोजना गरिएको बताउनुभयो ।

प्रकाशित : १० मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह