काठमाडौँ ।
साताको दोस्रो दिन सोमबार सेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से २१.५१ अंकले घटेर २ हजार ६२९.९७ बिन्दुमा पुगेको छ ।
आज जलविद्युत र म्यूचुअफ फन्ड बाहेक अन्य सबै समूह राताम्मे भएका छन् । आज जलविद्युत ०.२ र म्यूचुअल फन्ड ०.०२ अंकले बढेका छन् । त्यस्तै, आज बैंकिङ १०.८९, ब्यापार ५.९४, होटल तथा पर्यटन ७३.३, विकास बैंक ६७.४४, फाइनान्स ३२.६७, निर्जीवन बीमा ७६.६८, उत्पादन ६१.९५, माइक्रोफाइनान्स ४०.८३, जीवन बीमा उपसमूह ११७.०४, अन्य ४१.१३ र लगानी ०ं६४ अंकले घटेका छन् ।
आज २२८ कम्पनीका ८२ लाख कित्ता शेयर ४ अर्बमा कारोबार भएका छन् ।
प्रतिक्रिया