काठमाडौँ ।
साताको तेस्रो दिन मंगलबार पुँजीबजार मापक परिसूचक नेप्से झिनो अंकले घटेको छ । आज नेप्से १.६४ अंकले घटेर दुई हजार ६२८ दशमलव ३७ विन्दुमा पुगेको छ ।
आज बैंकिङ ६.५६, व्यापार २२.६२, होटल तथा पर्यटन ४.१९, उत्पादन ५१.६९, माइक्रोफाइनान्स १०.९५, जीवन बीमा ६९.६४ र लगानी ०.४३ अंकले घटेका छन् । त्यस्तै, आज जलविद्युत ११.४, फाइनान्स ८.८९, अन्य १४.११, विकास बैंक ४०.८८, निर्जीवन बीमा ९६.६ र म्यूचुअल फन्ड ०.०१ अंकले बढेका छन् ।
आज दुई सय २५ कम्पनीको ६४ लाख कित्ता शेयर ३ अर्ब ८ करोड रुपैयाँमा कारोबार भएको छ ।
प्रतिक्रिया