काठमाडौं । एनएमबि बैंकले बैंक अफ दि इयर २०२१ एशिया अवार्ड प्राप्त गरेको छ ।
बेलायतको द फाइनान्सियल टाइम्सले प्रकाशित गर्ने द बैंकर म्याग्जिनले प्रदान गर्दै आएको यो अवार्ड नेपाली बैंकले पाएको पहिलो अवसर हो ।
बुधबार राजधानीमा कार्यक्रम आयोजना गर्दै यस अवार्ड प्राप्त गरेको जानकारी दिइयो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल केसीले नेपिाली बैंकले यो अवार्ड प्राप्त गर्नु नेपालका सबै बैंकको जित भएको बताए । अवार्डको प्रतिष्पर्धामा एशियाका ४८ वटा देशका बैंकहरु सहभागी थिए ।
एनएमबि बैंकले इतिहास रच्दै एशियाको सर्वोत्कृष्ट बैंक बन्न सफल भएकोमा खुसी व्यक्त गरेको छ ।
प्रतिक्रिया