Logo

अर्थनीति

खाद्य प्रविधिका पुडासैनी अब्बल, उद्योगका भुसाल दोस्रो: सचिवद्वय औषतमात्रै !


GDP Nepal
   १६ मंसिर २०७८, बिहिबार


काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका विभिन्न विभाग तथा निकाय प्रमुखहरुको वार्षिक कार्यसम्पादन प्रगति मूल्यांकनमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक विश्वबाबु पुडासैनी सबैभन्दा अगाडि देखिएका छन् ।

मन्त्रालयले हालै सार्वजनिक गरेको गत आर्थिक वर्षको वास्तविक प्रगति विवरण अनुसार विभागका महानिर्देशक पुडासैनीले कूल १०० पूर्णांकमा ९२ अंक पाएका छन् ।

यस्तै, प्रगति मूल्यांकनमा उद्योग विभागका महानिर्देशक जीवलाल भुसाल दोस्रो भएका छन् । भुसालले पनि सय पूर्णांकमा ८९.६ अंक पाएका छन् ।

मन्त्रालयका योजना, अनुगमन तथा मूल्यांकन महाशाखा प्रमुख सहसचिव प्रकाश दाहाल ८७ अंकसहित तेस्रो भएका छन् भने प्रशासन तथा संस्थान हेर्ने सहसचिव चन्द्रकला पौडेल चौथो भएकी छन् । पौडेलले कूल ८५ अंक पाएकी छन् ।

बजार अनुगमन गर्ने निकायका रुपमा परिचित वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक प्रकाश पौडेलले पनि ८३.१ अंक पाएका छन् ।

मन्त्रालयका सचिवद्वय दिनेश भट्टराईले ८० तथा अर्जुन प्रसाद पोखरेलले ७६.५ अंकमात्र प्राप्त गरेको प्रतिवेदनमा उल्लेख छ ।

अन्य जिम्मेवार अधिकारी कसले कति अंक प्राप्त गरेका छन्, हेर्नुहोस् विस्तृत विवरण

प्रकाशित : १६ मंसिर २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह