Logo

बैंक / बिमा /शेयर

आइएमई जनरल इन्स्योरेन्सको केन्द्रीय कार्यालय भवन शिलान्यास


GDP नेपाल
   २४ मंसिर २०७८, शुक्रबार


काठमाडौँ ।

आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको काठमाडौँ महानगरपालिका वडा नं. ३ पानीपोखरी स्थित केन्द्रीय कार्यालय भवनको शिलान्यास गरिएको छ ।

शुक्रबार बिहान बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट भवनको शिलान्यास गरिएको हो । सो शिलान्यास समारोहमा बीमा समितिका कार्यकारी निर्देशक राजु रमण पौडेल, कम्पनीका संस्थापक शेयरधनी, नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा आइएमई ग्रुपका अध्यक्ष चन्द्र प्रसाद ढकाल, कम्पनीका संचालक समितिका अध्यक्ष हेमराज ढकाललगायत सम्पूर्ण संचालकहरु, संस्थापक शेयरधनीहरु, कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ लगायत उच्च व्यवस्थापन अधिकृत, विभागीय प्रमुखहरु र शाखा प्रमुखहरुको उपस्थिति थियो ।

समितिका अध्यक्ष सिलवालले भवनको जगमा शिला राखेर शिलान्यास गरेका हुन् । सो समारोहमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले आफ्नो व्यस्थताको वावजुत पनि समारोहमा उपस्थित भई भवनको शिलान्यास गरिदिएकोमा बीमा समितिका अध्यक्ष, संचालक समिति तथा आइजिआई परिवारको तर्फबाट धन्यवाद व्यक्त गरे । श्रेष्ठले कम्पनीको केन्द्रीय कार्यालयको प्रयोजनको लागि शिलान्यास भएको भवन समयमै निर्माण सम्पन्न हुने र उक्त भवन एक नमुना भवन हुने बताए ।

 

प्रकाशित : २४ मंसिर २०७८, शुक्रबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह