काठमाडौँ ।
चिलिमे जलविद्युत कम्पनीले लाभांश घोषणा गरेको छ ।
कम्पनीको शुक्रबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट ७.५ प्रतिशत बोनस सेयर र ७.५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । प्रस्तावित लाभांश कम्पनीको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । चिलिमेले हाल कायम ६ अर्ब २८ करोड ७ लाख ३९ हजार रुपैयाँ चुक्ता पुँजीमा उक्त बोनस तथा नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
प्रतिक्रिया