Logo

बैंक / बिमा /शेयर

लाभांश पारित गर्न सिडिएस एण्ड क्लियरिङ्गले बोलायो साधारण सभा


GDP नेपाल
   २६ मंसिर २०७८, आइतबार


काठमाडौँ ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडले साधारण सभा आह्वान गरेको छ ।

कम्पनीले पौष १९ गते, सोमबार साधारण सभा आह्वान गरेको हो । कम्पनीको एघारौँ वार्षिक साधारण सभा, सेयर मार्केट्स कमर्सियल कम्प्लेक्स, पुलतीसडकमा बिहान ११ बजेबाट सुरू हुनेछ । सभाले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ४० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

यसका साथै, सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत प्रतिवेदन माथि छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७/७८ को लेखा परीक्षकको प्रतिवेदन सहित वासलात, नाफारनोक्सान हिसाब तथा नगद प्रवाह विवरण र सोसँग सम्बन्धित अनुसूची माथि छलफल गरी पारित गर्ने, कम्पनी ऐन, २०६३ को दफा १११ अनुसार आर्थिक वर्ष २०७७/७८ को लेखापरीक्षण गर्न महालेखापरीक्षकको कार्यालयको सिफारिश मुताबिक लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्तावहरू पनि पारित गरिनेछ।

प्रकाशित : २६ मंसिर २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह