काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले आजदेखि पाँच सयको नयाँ नोट बजारमा ल्याएको छ ।
बैँकले साविककै आकार तथा रङमा संकेत नं. छ/६८ ०००००१ देखि झर४२ ९९९९९९ सम्म, ‘ को नयाँ नोट बजारमा ल्याएको हो । ‘नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तनी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५००रुपैयाँ पाँच सय तरुन्त पाइनेछ’ बैँकको सूचनामा उल्लेख छ ।
यसअघि २०७५ साल वैशाख १२ गतेदेखि Series २०७३ रुपैयाँ ५०० दरको बैंकनोट संकेत नं. ङ/४६ ०००००१ देखि छ/४० ९९९९९९ सम्म प्रचलनमा ल्याइने भनी सूचना प्रकाशित गरिएकोमा संकेत नं. ङ/४६ ०००००१ देखि छ/३७ ९९९९९९ सम्म मात्र प्रचलनमा ल्याइएको थियो ।
यस्तै, नयाँ नोटमा विभिन्न नयाँ विशेषताहरु समेटिएका छन् ।
यस्ता छन् नयाँ नोटका विशेषता :
नोटको अगाडिको भागमा
१. नोटको बायाँतर्फ सगरमाथाको चित्र रहेको।
२. नोटको दायाँतर्फ लालीगुराँसको पानी छाप रहेको ।
३. नोटमा गभर्नरको दस्तखत रहने स्थानमा गभर्नर महाप्रसाद अधिकारीको दस्तखत रहेको।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको Series Number नेपालीमा ‘वि.सं. २०७७’ लेखिएको ।
५. ३.५ मि.मी. चौडा भएको रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा रातो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) सुरक्षण धागो रहेको ।
६. सगरमाथा हिमालको दायाँतर्फ अन्डाकारभित्र रङ परिवर्तन हुने (नोटलाई सीधा हेर्दा सुनौलो रङ र ढल्काएर हेर्दा हरियो रङ देखिने) कुबेरको चित्र रहेको ।
७. लालीगुराँसको पानी छापको बायाँतर्फ फरक क्षमता भएका (दृष्टिविहीन) हरु लेस्पर्श गरेर नोटको दर पहिचान गर्नका लागि दुईवटा कालो थोप्लाहरु रहेको।
नोटको पछाडी भागमा
१. नोटको मध्य भागको माथिल्लो खण्डमा अंग्रेजीमा ‘NEPAL RASTRA BANK’ लेखिएको।
२. नोटको मध्य भागमा पाटेबाघको चित्र रहेको ।
३. नोटको तल्लो भागमा अंग्रेजीमा लेखिएको ।
४. नोटको तल्लो भागको बोर्डरमा नोटको’RUPEES FIVE HUNDRED’ लेखिएको।
प्रतिक्रिया