Logo

बैंक / बिमा /शेयर

वाणिज्य बैंकलाई मर्जर तथा विकास बैंक र फाइनान्सलाई अस्तित्व जोगाउने चुनौती !


GDP Nepal
   १८ पुस २०७८, आइतबार


काठमाडौं । बैंक तथा वित्तीय संस्था परीसंघ नेपाल (सिविफिन)ले मुलुकका वाणिज्य बैंकहरुलाई मर्जर तथा विकास बैंक र फाइनान्सलाई भने अस्तित्व जोगाउने चुनौती रहेको जनाएको छ ।

सिविफिनले हालै गरेको ‘बैंक तथा वित्तीय संस्थाका अप्ठ्यारा र चुनौतीहरु र सम्बोधनका लागि उपायहरु’ विषयक अध्ययन प्रतिवेदनमा वाणिज्य बैंकहरुलाई मर्जर तथा विकास बैंक र फाइनान्सलाई अस्तित्व जोगाउने चुनौती रहेको उल्लेख छ ।

“ वाणिज्य बैंकहरुबीच एक आपसमा मर्जर र प्राप्तिमा जानुपर्ने र विकास बैंक तथा फाइनान्स कम्पनीहरुलाई अस्तित्व जोगाउनलाई लाग्नुपर्ने चुनौती छ,” प्रतिवेदनमा भनिएको छ ।

विकास बैंक र फाइनान्स कम्पनीहरुले प्रवाह गर्ने स–साना कर्जामा पनि वाणिज्य बैंकलाई लक्ष्य तोकिदिँदा विकास बैंक र फाइनान्स कम्पनीलाई आफ्ना ग्राहक आफैसँग राख्ने चुनौती थपिएको पनि प्रतिवेदनमा उल्लेख छ ।

प्रविधिमा भर पर्ने गरी विस्तार गरिएको डिजिटल बैंकिङले संचालन जोखिम बढाएको र यस्तै अनेकौं चुनौतीहरु बैंक तथा वित्तीय संस्थाका अगाडि रहेको प्रतिवेदनमा उल्लेख छ ।

नेपाल राष्ट्र बैंकले एकैचोटी चार गुणाले गरिएको पूँजी वृद्धिको कारण आक्रामकरुपमा गरिएको कर्जा विस्तारको साइड इफेक्ट अझै निर्मुल भइनसकेको प्रतिवेदनमाा उल्लेख छ ।

कोभिड–१९ लाई नियन्त्रण गर्न गरिएको लकडाउनबाट व्यवसायको नगद प्रवाहमा परेको असरलाई व्यवस्थापन गर्नका लागि प्रदान गरिएको थप चाल पूंजी कर्जा समेतका कारण चाल आ.व. ०७७÷७८ मा २५ प्रतिशतभन्दा बढिले कर्जा वृद्धि हुन गएको जनाइएको छ । यसले पनि कर्जाको गुणस्तर खस्काउन सक्ने संभावना देखाएको उल्लेख छ ।

यस्तै, रकमका दृष्टिकोणबाट मुनाफा बढेको देखिए तापनि बैंक तथा वित्तीय संस्थाले दिने प्रतिफल दर घट्दै गइरहेको प्रतिवेदनमा भनिएको छ ।

प्रकाशित : १८ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह