Logo

अर्थनीति

विद्युत् नियमन आयोगका सबै पदाधिकारी निलम्बित, कार्यसम्पादन क्षमतामा प्रश्न


GDP Nepal
   २१ पुस २०७८, बुधबार


काठमाडौं । विद्युत् नियमन आयोगका अध्यक्षसहित सबै सदस्यहरु निलम्बनमा परेका छन् । अध्यक्ष दिल्लीबहादुर सिंह र सदस्यद्वय रामेश्वर कलवार र भागीरथी ज्ञवालीको कार्य सम्पादनमा प्रश्न उठाउँदै सरकारले छानबिन समिति गठन गरेसँगै उनीहरु निलम्बनमा परेका हुन् ।

आयोगका अर्का सदस्य डा. रामप्रसाद धितालले भने यसअघि नै राजीनामा दिइसकेका छन् । मन्त्रिपरिषदले उनको राजीनामा स्वीकृत गरेको छ ।

ऊर्जा मन्त्रालयका अनुसार नियमन आयोगका पदाधिकारीको कार्यक्षमतामाथि प्रश्न उठेसँगै मन्त्रिपरिषदले छानबिन समिति गठन गरेको छ । पुनरावेदन अदालतका पूर्व मुख्य न्यायाधीश प्रकाशचन्द्र गजुरेलको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन भएको हो । समितिका सदस्यहरुमा नेपाल सरकारका पूर्व सहसचिवद्वय विष्णु थापा र आशिष घिमिरे छन् ।

मन्त्रालकया सचिव सचिव देवेन्द्र कार्कीले मन्त्रिपरिषद्ले गत साता गरेको निर्णय मंगलबार प्रमाणित भई आएको र विद्युत् नियमन ऐन, २०७३ को दफा ९ बमोजिम आयोगका पदाधिकारीहरु स्वतः निलम्बनमा परेका हुन् ।

ऊर्जा मन्त्री पम्फा भुसालले छानबिन समिति गठन गर्ने प्रस्ताव दुई साताअघि नै मन्त्रिपरिषद् लगेकी थिइन् ।

आयोगका पदाधिकारीहरुले गर्नुपर्ने काम नगरेको, निर्णय नगरिदिएको, सेवाग्राहीका काम रोकिदिएको, आयोगसम्बद्ध ऐन र नियमावलीले तोकेका कुराहरु नगरेको, ग्रीड कोड, प्रसारण शुल्क नतोकेको लगायतका कारण देखाउँदै उनीहरुको कार्य क्षमतामाथि प्रश्न उठाएको थियो ।

प्रकाशित : २१ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह