Logo

अर्थनीति

‘ग्लोबल ट्यालेन्ट इन्डेक्स’मा नेपाल विश्वकै अन्तिम १२ मुलुकमा


GDP Nepal
   २२ पुस २०७८, बिहिबार


काठमाडौं । ‘ग्लोबल ट्यालेन्ट इन्डेक्स’मा नेपाल विश्वकै अन्तिम १२ मुलुकमा समेटिएको छ । फ्रान्सस्थित इन्सिड बिजनेस स्कूलले प्रकाशन गरेको यो इन्डेक्समा नेपाल विश्वका १३२ देशमध्ये नेपाल १२१ औं मा परेको छ ।

इन्सिड बिजनेस स्कूलले गत ९ वर्षदेखि ग्लोबल ट्यालेन्ट इन्डेक्स प्रकाशन गर्दै आइरहेको छ । यो इन्डेक्स सन् २०२० को तथ्यांकमा आधारित हो ।

ग्लोबल ट्यालेन्ट इन्डेक्सले उत्पादकत्व र समृद्धिमा योगदान पु¥याउने मानव पुँजीको विकास (उदाहरणको लागि गुणस्तरीय शिक्षक, ईन्जिनीयर, डाक्टर आदिको उत्पादन), मानवीय पुँजीको आकर्षण (उदाहरणको लागि पढे लेखेका नेपाली विदेश नगएर नेपाल बस्ने वातावरण) र मानव पुँजीको सशक्तीकरण (उदाहरणको लागि तालिम) गर्न कुनै पनि देश कति सक्षम छ भन्ने कुराको मापन गर्दछ ।

ग्लोबल ट्यालेन्ट इन्डेक्स तयार गर्दा ६ वटा कुराहरुलाई ध्यान दिइन्छः
(१) देश प्रतिभावान मानिसहरुलाई आकर्षण गर्न कति सक्षम छ ?
(२) देशमा प्रतिभा प्रस्फुटनको निमित्त कति अवसर छ ?
(३) देशले प्रतिभाहरुलाई कति राख्न सक्छ (ब्रेन ड्रेन रोक्न कति सक्षम छ) ?
(४) प्रतिभाहरुको निमित्त देशको नीति नियम, श्रम बजार, अन्य बजार तथा व्यबसायको अवस्था कस्तो छ ?
(५) वैश्विक ज्ञान कस्तो छ (रचनात्मकता र समास्या समाधान गर्न सक्ने क्षमता) ?
(६) व्यवसायीक र प्राविधिक क्षमता कस्तो छ ?


अर्थशास्त्री डा. दधि अधिकारीका अनुसार यी ६ वटा कुराहरु राम्रो हुनको निमित्त कुनै पनि देशमा राम्रो शिक्षा, विभेद रहित अवसर, राम्रो जीवनयापनको अवसर (उदाहरणको लागि राम्रो बाटो, स्वास्थ्य सुविधा आदि) जस्ता कुराहरु आवश्यक पर्दछन् ।

ग्लोबल ट्यालेण्ट इण्डेक्समा नेपालको अवस्था निकै दयनीय रहेको अधिकारीले बताए । उनका अनुसार यसबाट हाम्रा आन्तरिक कमजोरी उजागर भएको छ ।

“सन् २०२० मा विश्वका १३२ देश मध्ये नेपाल १२१ औं मा पर्नुले हाम्रो मानवीय श्रोतको विकासको दयनीय अवस्था देखाउँछ,” अधिकारी भन्छन्, “ौथो औद्योगिक क्रान्तिको अहिलेको समयमा मानवीय श्रोतको विकास बिना समृद्धि सम्भव छैन । तर हाम्रा शैक्षिक संस्थाहरु तथा सरकारी नीति तथा प्रोत्साहनका व्यवस्थाहरु यो कुरामा गम्भर भएको देखिँदैन ।”

प्रकाशित : २२ पुस २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह