Logo

अर्थनीति

आयल निगम कार्यकारी निर्देशकका लागि दरखास्त आह्वान, चर्चामा को छन् ?


GDP Nepal
   २५ पुस २०७८, आइतबार


काठमाडौं । पेट्रोलियम पदार्थ कारोबारमा एकाधिकार प्राप्त सरकारी संस्थान नेपाल आयल निगमको कार्यकारी निर्देशक पदका लागि सरकारले दरखास्त आह्वान गरेको छ ।

निगमको कार्यकारी निर्देशकका लागि गठित छनोट तथा सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै दरखास्त मागेको हो । दुई दिनअघि निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलको कार्यकाल समाप्त भएसँगै निगम नेतृत्वविहीन छ ।

२१ दिनसम्म आवेदन दिन सकिने कार्यकारी निर्देशकका लागि निगमको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन, व्यवस्थापन, अर्थशास्त्र, इन्जिनियरिङ वा कानुन विषयमा कम्तिमा स्नातकोत्तर तह उत्तीर्ण गरेको र व्यवस्थापकीय जिम्मेवारीको पदमा कम्तिमा पाँच वर्षको अनुभव भएको हुनुपर्ने योग्यता तोकिएको छ ।

साथै, उद्योग वाणिज्य मन्त्रालय सम्बद्ध सार्वजनिक निकायमा पदाधिकारी नियुक्त तथा मानोनयन सम्बन्धी निर्देशिका, २०७८ बमोजिम ३५ वर्ष पूरा भइ ६५ वर्ष ननाघेको हुनुपर्ने छ ।

उम्मेदवारले शैक्षिक योग्यता, अनुभव, नेपाली नागरिकताको प्रतिलिपी, बायोडाटा, पासपोर्ट साइजको दुईप्रति फोटो र पाँच हजार शब्दमा नबढ्ने गरी लेखिएको व्यवसायिक कार्ययोजना समेत पेश गर्नुपर्ने छ ।

इच्छुक आवेदकले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन तथा संस्थान महाशाखामा ५ हजार रुपैयाँ सहित दरखास्त दिन सक्नेछन् ।

निगमको कार्यकारी निर्देशकका लागि नायव कार्यकारी निर्देशक सुशील भट्टराई, पूर्व कार्यकारी निर्देशक चण्डीकाप्रसाद भट्टलगायतको नाम चर्चामा छ ।

प्रकाशित : २५ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह