Logo

विकास / पूर्वाधार

सहकारी सदस्यलाई लाभांशमा इन्डक्सन चुलो प्रदान गर्न मन्त्री भुसालको सुझाव


GDP Nepal
   २५ पुस २०७८, आइतबार


काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले सहकारी सदस्यलाई लाभांशमा इन्डक्सन चुलो प्रदान गर्न आग्रह गरेकी छन् ।

श्रीगणेश बहुउद्देश्यीय सहकारी संस्थाको २१ औँ वार्षिक साधारणसभामा मन्त्री भुसालले आउने आर्थिक वर्षमा संस्थाले प्रत्यक सदस्यलाई लाभांस स्वरुप इन्डक्सन चुलो प्रदान गर्न सुझाव दिइन् ।

ललितपुर महानगरपालिका वडा नं १२ प्रयाग पोखरीमा अवस्थित सहकारीको शनिबार साधारण सभा भएको हो ।

सभामा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफूसँग भएको पैसालाई घरमा नराखि लगानी वा वितिय संस्थामा राखि थप पैसा आर्जन गर्न सुझाव दिए ।

त्यस्तै ज्यापु समाज यलका प्रथम उपाध्यक्ष सविना अवाले ले कोरनाले ठलिएको अर्थतन्त्रमा पनि संस्थाको सन्तुलित आर्थिक प्रतिवेदन प्रति सन्तोष व्यक्त गरे ।

संस्थाका कार्यकारी अध्यक्ष श्री तीर्थलाल महर्जन संचालक समितिको तर्फबाट आ.व. २०७७/०७८ को वार्षिक प्रगति प्रतिवेदन तथा आ.व. २०७८÷०७९ को लागि निति तथा कार्यक्रम, लक्ष्य र बजेट प्रस्तुत गरेका थिए ।

संस्थाका अध्यक्ष तीर्थलाल महर्जनले प्रस्तुत गरेको अध्यक्षको प्रतिवेदन अनुसार आ.व. २०७७/७८ मा संस्थाको शेयर पुँजी ८ करोड ६ लाख ३२ हजार ९ सय रहेको छ । संस्थामा सक्रिय १ हजार ८ सय २८ जना सदस्य आबद्ध भएका छन् । उक्त अवधिमा संस्थाको जगेडा कोषमा २ करोड ८१ लाख ११ हजार ७ सय ९ रुपियाँ रहेको प्रतिवेदन संस्थाका प्रस्तुत गरिएको थियो ।

त्यस्तै संस्थाले ५१ करोड ५७ लाख ४१ हजार ५ सयं ४२ रुपियाँ निक्षेप संकलन गरी २६ करोड ९० लाख ९७ हजार २ सयं ४१ रुपियाँ कर्जा लगानी गरेको छ । सहकारीले गोदावरी नगरपालिका स्थित लेलेमा १२ रोपनी १४ आन ३ पैसा कृषि परियोजनोको लागि जग्गा खरिद गरेको छ ।

प्रकाशित : २५ पुस २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह