Logo

कर्पोरेट-बजार

बतास अर्गनाईजेसनको चुनौतीः गल्ती प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार छौं !


GDP Nepal
   २८ पुस २०७८, बुधबार


काठमाडौं । बतास अर्गनाइजेसनले नारायणहिटी दरबार संग्रहालयको क्याफ्टेरिया सञ्चाललन लगायत आफूसँग सम्बन्धित विभिन्न परियोजनामा आफ्नो समूहको कुनै कमजोरी भए प्रमाणित गर्न चुनौती दिएको छ । अर्गनाइजेसनले बुधबार विज्ञप्ति प्रकाशित गर्दै गल्ती प्रमाणित भए जस्तोसुकै सजाय भोग्न तयार रहेको जनाएको छ ।

बतास अर्गनाइजेसनका तर्फबाट अध्यक्ष आनन्दराज बतासद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “बतास अर्गनाईजेशनले कानुनसम्मत रुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र छ ।”

बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरु मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहान्छौं ।

विज्ञप्तिमा आफूहरुमाथि लागेका आरोपलाई ‘अनर्गल’को संज्ञा दिँदै आफूहरुलाई खलपात्रका रुपमा चित्रित गर्न खोजिएको बताइएको छ । “यी समाचारहरुप्रति हाम्रो कडा आपत्ति होइन । तर, आम नेपाली नागरिकले समाचारका रुपमा गलत सूचना प्राप्त गरिरहेको प्रति भने हामीलाई चिन्ता लागेको छ,” विज्ञप्तिमा भनिएको छ ।

बतास अर्गनाईजेशनले कानुनसम्मत रुपमा भाडामा लिएर सञ्चालन गरेका सम्पूर्ण व्यवसायिक सम्झौताहरु कानुन बमोजिम रद्द गर्न नेपाल सरकार स्वतन्त्र रहेको पनि स्पष्ट पारेको छ । “ बतास अर्गनाईजेशनले गरेको लगानी र त्यसको उचित क्षतिपूर्तिसहित आजकै मितिमा यदि सरकारले सम्पूर्ण सम्झौताहरु एकमुष्ठ खारेज गर्छ भने पनि हामीलाई कुनै आपत्ति नरहने कुरा समेत यहाँहरु मार्फत आम जनसाधारण र सरोकारवाला सबैलाईलाई जानकारी गराउन चाहान्छौं,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्तिको पूर्णपाठः

प्रकाशित : २८ पुस २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह