Logo

अर्थनीति

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, अहिलेसम्मकै उच्च


GDP Nepal
   ६ माघ २०७८, बिहिबार


काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको फेरि मूल्य बढाएको छ ।

पेट्रोलियम पदार्थको कारोबारबाट चर्को घाटा बेहोरेको निगमले इन्डियन आयल कर्पोरेसन आईओसीलाई इन्धन खरिदबापतको रकम अपुग भएपछि डिजेल, पेट्रोल, मट्टितेल र हवाई इन्धनको मूल्यवृद्धि गरेको हो।

निगमले बुधबार राति १२ बजेदेखि लागू हुनेगरी डिजल, मट्टितेल र पेट्रोलमा प्रतिलिटर तीन रुपियाँ तथा आन्तरिकतर्फको हवाई इन्धनमा प्रतिलिटर पाँच तथा अन्तर ्रष्ट्रियतर्फको हवाई इन्धनको मूल्यमा । प्रतिकिलोलिटर सय अमेरिकी डलर वृद्धि गरेको हो।

मूल्यवृद्धि भएसंगै डिजेल र मट्रितेलको मूल्य प्रतिलिटर १२२, पेट्रोलको मूल्य १३९, हवाई इन्धन आन्तरिकको प्रतिलिटर १०६ हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ९९५ अमेरिकी डलर पुगेको छ। एलपी ग्यासमा अत्यधिक घाटा भए पनि ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

पेट्रोलियम पदार्थको यो मूल्य अहिलेसम्मकै उच्च हो ।

प्रकाशित : ६ माघ २०७८, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह