Logo

अर्थनीति

भारतभन्दा चीनसँग व्यापारघाटा फराकिलो, दिगो व्यापार भारतसँगै उपयुक्त


appharu
   १९ भाद्र २०७५, मंगलबार


काठमाडौं । नेपालको वैदेशिक व्यापार निकै बिकराल अवस्थामा छ । झन्डै दुई तिहाई व्यापार हुने भारतमा नेपालको निकासी व्यापार अन्य मुलुकको तुलनामा केही सन्तोषजनक देखिए पनि उत्तरी छिमेकी चीनतर्फको निकासी सबैभन्दा निराशाजनक छ ।

गत आर्थिक वर्षमा नेपालले भारततर्फ ४६ अर्ब ६० करोड रुपैयाँ बराबरको निकासी गर्दा चीनतर्फ भने २ अर्ब ४३ करोडको वस्तु निर्यात गरेको छ ।

आयातलाई हेर्दा भारतबाट ८ खर्ब ९ अर्ब ८१ करोडको वस्तु आयात गरेको छ भने चीनबाट १ खर्ब ५९ अर्ब ६३ करोडको वस्तु आयात गरेको छ ।

तथ्यांकलाई हेर्दा नेपालले भारततर्फ जति निर्यात गर्दछ त्यसको १७ गुणा बढी आयात गर्दछ तर चीनतर्फ निकासीको ६५ गुणा बढी आयात गर्दछ ।

चीनले ४ हजार वस्तुलाई शून्य भन्सार सुविधा दिने सम्झौता गरे पनि ति मध्ये अधिकांश नेपालमा उत्पादन नै हुँदैनन् । तर, यसको ठिक विपरीत भारतमा नेपाली कृषिजन्य वस्तुमा क्वारेन्टाइनको बेलाबखत समस्या रहे पनि नेपाली उत्पादन निकासीमा ठूलो समस्या भने छैन ।

नेपालले भारततर्फ अलैंची, अदुवा, जडिबुटी, हस्तकलाका सामग्री, जुट, जुसलगायत निकासी गर्छ भने भारतबाट पेट्रोलियम पदार्थ, यातायातका
साधन तथा पार्टपूर्जा, अन्य मेशिनरी तथा पार्टपुर्जा, एम.एस. विलेट, हटरोल सिटईन क्वाईल, कृषिजन्य उत्पादन लगायतका वस्तु आयात गर्दछ ।

यस्तै चीनतर्फ नेपालले चिया, पश्मिना, उलन कार्पेट मैदालगायतका वस्तु निकासी गर्दछ भने चीनबाट इलेक्ट्रोनिक्स सामग्री, मेसीनरी, तयारी पोशाक र जुत्ता, औद्योगिक कच्चा पदार्थलगायत आयात गर्दछ ।

नेपाल र भारतबीच प्रकृति र संस्कृतिमा समेत समानता भएकाले दुवै देशका जनताको रुचि पनि समान नै छ तर चीनसँग नेपालीको समानता धेरै कम विषयमा मात्र छ । यसरी हेर्दा नेपालले भारतसँगै दिगो व्यापार गर्नसक्ने देखिन्छ ।

प्रकाशित : १९ भाद्र २०७५, मंगलबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह