Logo

अर्थनीति

वैदेशिक व्यापारमा निकासीको हिस्सा बढ्यो, व्यापारघाटा भने कहालीलाग्दो


GDP Nepal
   ९ माघ २०७८, आइतबार


काठमाडौं । चालू आर्थिक वर्षको पहिलो ६ महिनामा ८ खर्ब ८० अर्ब ४९ करोड रुपैयाँ बराबरको व्यापारघाटा भएको छ ।

भन्सार विभागका अनुसार साउनदेखि पुस मसान्तसम्म ९ खर्ब ९९ अर्ब ३४ करोडको आयात हुँदा निकासी भने १ खर्ब १८ अर्ब ८५ करोडमा सीमित रह्यो ।

निकासी व्यापार ९५.४८ प्रतिशतले बढे पनि आयातमा समेत ५१.१३ प्रतिशतको वृद्धि हुँदा व्यापारघाटा ह्वात्तै बढेको हो ।

अघिल्लो आवको छ महिनाको तथ्यांकको तुलनामा व्यापारघाटा ५४.८६ प्रतिशतले बढेको छ ।

यद्यपि, कूल वैदेशिक व्यापारमा निकासीको हिस्सा भने अघिल्लो वर्षको तुलनामा बढेको छ । अघिल्लो वर्षको छ महिनामा निकासीको हिस्सा ८.४२ प्रतिशत रहेकोमा यस वर्ष भने १०.६३ प्रतिशत पुगेको छ अर्थात २६.२३ प्रतिशतले बढेको छ ।

वैदेशिक व्यापारमा आयातको हिस्सा अघिल्लो वर्ष ९१.५८ प्रतिशत रहेकोमा र चालू आवमा ८९.३७ प्रतिशतमा सीमित भएको छ ।

प्रकाशित : ९ माघ २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह