Logo

अर्थनीति

दश वर्षमा १० हजार युवा उद्यमी उत्पादन गर्दै पूर्व उद्योगमन्त्री जोशी


appharu
   २१ भाद्र २०७५, बिहिबार


काठमाडौं । पुष्पकमल दाहाल नेतृत्वको कांग्रेस-माओवादी सरकारमा ९ महिना उद्योगमन्त्री भएका कांग्रेस नेता नवीन्द्रराज जोशीले उद्योग मन्त्रालयमा हासिल गरेको अनुभव सामाजिक जीवनमा पनि उपयोग गर्ने भएका छन् ।

जोशी दश वर्षमा १० हजार युवा उद्यमी उत्पादन गर्ने अठोटका साथ अघि बढेका छन् । सामान्यतया उद्यमी उत्पादन गर्ने काम सरकारको जस्तो लागे पनि उद्योग मन्त्रालयको कुशल र सफल नेतृत्व गरेको अनुभव र जिम्मेवारी बोध गर्दै जोशी उद्यमशीलता विकासमा अग्रसर भएका हुन् ।

सिंहले नेतृत्व गरेको गणेशमान सिंह अध्ययन प्रतिष्ठानले समुन्नत नेपाल र सम्पन्न नेपाल निर्माणका लागि युवा उद्यमशीलता विकास कार्यक्रमलाई अगाडि बढाउने भएको हो ।

प्रतिष्ठानले १६औं वार्षिक साधारणसभामा युवा उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गरी दश वर्षमा १० हजार युवा उद्यमी कार्यक्रम सञ्चालन गर्ने जोशीले घोषणा गरे ।

प्रतिष्ठानका अध्यक्ष जोशीले युवा उद्यमीको समूह निर्माण गरी उनीहरु र लगानीकर्ताबीच प्रतिष्ठानले समन्वयकर्ताको भूमिका निर्वाह गर्ने जानकारी दिए । प्रतिष्ठानले युवा उद्यमी र देशका प्रतिष्ठित व्यवसायीबीच नियमित अन्तक्र्रिया कार्यक्रम सञ्चालन गर्नेनको भनाइ छ ।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा स्वर्णिम वाग्लेले नेपालको दिगो आर्थिक विकास पूरा गर्न युवा जनशक्ति लाग्नुपर्ने धारणा राखे । यस्तै, वरिष्ठ राजनीतिज्ञ नीलाम्बर आचार्यले गणेशमान सिंह प्रतिष्ठानले देशको राजनीतिसँगै आर्थिक विकासलाई अगाडि बढाउनुपर्ने बताए ।
प्रतिष्ठानले वरिष्ठ राजनीतिज्ञ बेखारत्न शाक्य र शिक्षाविद् डा केदारभक्त माथेमालाई सम्मान पनि गरेको छ ।

प्रकाशित : २१ भाद्र २०७५, बिहिबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह