काठमाडौं । स्नो रिभर्स लिमिटेडले आईपीओ निष्कासनका लागि स्वीकृति पाएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई सार्वजनिक शेयर निष्कासनका लागि विवरण पत्र प्रकाशन गर्न अनुमति दिएको हो।
स्नो रिभर्स लिमिटेडले कुल १८ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नेछ। कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका १८ लाख ७५ हजार कित्ता शेयर निष्कासन गर्ने तयारी गरेको छ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले पाएको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि शेयर छुट्ट्याउने छ। यी दुई समूहलाई शेयर बाँडफाँट गरिसकेपछि मात्र आम सर्वसाधारणका लागि आवेदन खुला गरिनेछ।
स्नो रिभर्स लिमिटेडले आईपीओमार्फत संकलन गर्ने पुँजी आफ्नो व्यवसाय विस्तार र आयोजनाको विकासमा खर्च गर्ने बताएको छ।










प्रतिक्रिया