शिव श्री हाइड्रोपावरले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण्म सार्वजनिक गरेको छ ।
विवरण अनुसार दोस्रो त्रैमासमा कम्पनी १८ करोड ३ लाख ४८ हजार रुपैयाँ नोक्सानमा रहेको छ । कम्पनीले विद्युत् बिक्रीमार्फत भने १३ करोड १३ लाख रुपैयाँ आम्दानी गरेको छ । कम्पनीको चुक्ता पुँजी १ अर्ब ४७ करोड रुपैयाँ र जगेडा कोष १६ करोड १९ लाख रुपैयाँ ऋणात्मक छ । कम्पनीले ९ करोड ५६ लाख रुपैयाँ सञ्चालन नाफा कमाएको छ ।
प्रतिसेयर आम्दानी वार्षिक २४ रुपैयाा ४३ पैसा ऋणात्मक रहेको यसको प्रतिसेयर नेटवर्थ ८९ रुपैयाँ ०३ पैसा छ ।
प्रतिक्रिया