सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ ।
विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा २ करोड ५८ लाख ७ हजार खुद नाफा आर्जन गरेको छ । गत वर्षको तुलनामा कम्पनीको नाफा ४६१.८८ प्रतिशतले वृद्धि भएको हो । गत वर्षको यसै अवधिसम्ममा कम्पनीले ४५ लाख ९३ हजार रुपैयाँ नाफा गरेको थियो ।
यस्तै, कम्पनीको खुद ब्याज आम्दानी १२.८६ प्रतिशतले बढेर ६ करोड १ लाख ५७ हजार रुपैयाँ पुगेको छ । कम्पनीको रिजर्भ कोषमा ९ करोड २२ लाख ३९ हजार रुपैयाँ, कर्जा लगानी १ अर्ब ४७ करोड ३५ लाख ६६ हजार र निक्षेप संकलन ५४ करोड १० लाख २० हजार रुपैयाँ रहेको छ ।
कम्पनीको चुक्तापूँजी १३ करोड २० लाख रुपैयाँ रहेको छ । प्रतिशेयर आम्दानी ३२ रुपैयाँ ४१ पैसाबाट बढेर ३९ रुपैयाँ १ पैसा र प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ८८ पैसा रहेको छ ।
प्रतिक्रिया