Logo

बैंक / बिमा /शेयर

‘आइएमई पे’ को भ्यालेन्टाइन अफर : दुई जोडीले पाए चन्द्रागिरी रिसोर्टको आकर्षक प्याकेज


GDP नेपाल
   ४ फाल्गुन २०७८, बुधबार


आइएमई पे ले प्रणय दिवसको अवसरमा ल्याइएको अफर अन्तर्गत हवाई टिकट बुकिङ्ग गर्ने २ जोडीले चन्द्रागिरी रिसोर्टमा एक रात दुई दिनको आकर्षक प्याकेज जित्न सफल भएका छन् ।

क्याम्पियन अवधि ४ फेब्रुअरी देखि १२ फेब्रुअरी २०२२सम्म रहेकोे थियो भने सोही विजेताहरुको घोषणा लक्की ड्र मार्फत गरिएको छ । आइएमई पे मार्फत हवाई टिकट बुकिङ्ग गरेर चन्द्रागिरि रिसोर्ट प्याकेज जित्न सफल सेवाग्राहीहरु काठमाडौँका दिनेश कुमार निरौला र दुर्गा गुरुङ्गलाई पानीपोखरीस्थित आइएमई कम्प्लेक्समा राखिएको एक विशेष कार्यक्रममा टिकट हस्तान्तरण गरिएको छ ।

सोही प्याकेजमा दुई जोडीलाई चन्द्रागिरी रिसोर्टको डिलक्स रुम, चन्द्रागिरी केबलकार टिकट, ब्रेकफास्ट, बेड र डिनर को एक्स्क्लुसिभ अफर रहेको छ ।
उक्त अवसरमा बोल्दै आईएमई पे का प्रमुख कार्यकारी अधिकृत विकास कुमार नाहाटाले हाम्रो भ्यालेनटाइन्स अफर अन्तर्गत भ्यालेनटाइन्स प्याकेज जित्ने दुई जोडीलाई बधाई ज्ञापन गरेका छन् ।

साथै उनले विगत केही वर्ष देखि आइएमई पे मार्फत हवाई टिकट खरिद गर्दा सर्वाधिक क्यासव्याक ९रु। छ सयसम्मको० रहेको र साथै आइएमई पे मार्फत हवाई टिकट निकै सहज ढङ्गले काट्न सकिने सेवाग्राहीहरुको प्रतिकृया रहेको पनि बताए ।

‘आइएमई पे’ आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित एक विद्युतीय भुक्तानी सेवा प्रदायक ब्राण्ड हो । झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो ।

नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली( २०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्राण्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्यु आर मार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु(याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।

१५ लाखभन्दा बढी ग्राहकहरूले सिधैं ‘ आइएमई पे ’ डाउनलोड गरि आफ्नै मोबाइलबाट र आईएमईका व्यावसायिक साझेदार सञ्जाल मार्फत लाखौँ सेवाग्राहीहरूलाई बिद्युतीय भुक्तानी सेवा दिन यो कम्पनी सक्षम ररहेको कम्पनीले दावी गर्दै आएको छ ।

प्रकाशित : ४ फाल्गुन २०७८, बुधबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह