महालक्ष्मी विकास बैंकले फागुन १३ गते साधारण सभा बोलाएको छ । यस अघि स्थगित भएको सभा शुक्रबार बिहान ११ बजे नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बस्ने भएको हो ।
यसअघि बैंकको २० औं बार्षिक साधारण सभा पुस २५ गते आइतबार बस्ने भनिएकोमा गणपुरक संख्या पुग्न नस्कदा स्थगित भएको थियो भने माघ ३ गते बस्ने भनिएको सभा उच्च अदालत पाटनको आदेशपश्चात पुनः स्थागित भएको थियो ।
प्रतिक्रिया