Logo

बैंक / बिमा /शेयर

ओरिएण्टल इन्स्योरेन्सको नाफा २१ करोड ७१ लाख रुपैयाँ


GDP नेपाल
   ८ फाल्गुन २०७८, आइतबार


ओरिएण्टल इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तिय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीले दोस्रो त्रैमासमा २१ करोड ७१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ ।

गत वर्षको तुलनामा कम्पनीको दोस्रो त्रैमासको नाफा ३० गुणाले वृद्धि भएको हो । गत वर्षको यसै अवधिमा कम्पनीले ७१ लाख ५४ हजार रुपैयाँ मुनाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिमा कम्पनीले ४४ करोड ३५ लाख रुपैयाँ आर्जन गरेको छ । जगेडा तथा कोष रकम २४ करोड ८४ लाखभन्दा बढी छ । गत वर्ष यस अवधिमा कम्पनीको जगेडा कोष ४ करोड ३१ लाखभन्दा बढी ऋणात्मक रहेको थियो । कम्पनीले यस वर्ष ६९ करोड १२ लाखभन्दा बढी कुल बीमाशूल्क आर्जन गरेको छ । यस्तै, २५ करोड ६७ लाखभन्दा बढी कुल दाबी भुक्तानी गरेको छ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह