Logo

बैंक / बिमा /शेयर

एक्सेल डेभलपमेन्ट बैंककाे ७० हजार कित्ता संस्थापक सेयर बिक्रिमा


GDP नेपाल
   ८ फाल्गुन २०७८, आइतबार


एक्सेल डेभलपमेन्ट बैंकले ७० हजार कित्ता संस्थापक सेयर बिक्रिमा ल्याएको छ ।

बैंकका संस्थापक सेयरधनी शेखर राज बस्ताकोटीले आफ्नो नाममा रहेको ७० हजार कित्ता सेयर बेच्न बैंकसँग अनुमति मागेका हुन् ।

सेयर खरिदका लागि इच्छुक संंस्थापक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक सेयरधनीले सूचना प्रकाशित भएको (फागुन ८ गते) बाट ३५ दिनभित्र आवश्यक कागजपत्रसहित एक्सेलको प्रधान कार्यालय विर्तामोड झापामा निवेदन दिनुपर्नेछ ।

उक्त समयमा आवेदन नपरेमा अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

प्रकाशित : ८ फाल्गुन २०७८, आइतबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह