Logo

बैंक / बिमा /शेयर

८ अर्ब २३ करोडको ट्रेजरी बिल बिक्री गर्दै राष्ट्र बैंक


GDP नेपाल
   ९ फाल्गुन २०७८, सोमबार


नेपाल राष्ट्र बैंकले ८ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।

बैंकले ९१ दिनमा परिपक्व हुने गरी कुल २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको र १८२ दिनमा परिपक्व हुने गरी कुल ६ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । ९१ दिने बिल १० फागुनदेखि सुरु भई १० जेठमा परिपक्व हुने छ । त्यस्तै १८२ दिने बिल १० फागुनमा सुरु भई ७ भदौमा परिपक्व हुने छ ।

बिल खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, गैर–बैंक वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था र नेपाली नागरिकले आज दिउँसो ३ बजेसम्म आवेदन दिन सक्नेछन् ।

उक्त ट्रेजरी बिल आज दिउँसो ३ बजे बोलकबोल भएर फागुन १० गते बिक्री हुनेछ ।

प्रकाशित : ९ फाल्गुन २०७८, सोमबार

सूचना विभाग दर्ता नं.

                   
१२०७/२०७५/७६

सम्पर्क

Kupondole -10 Lalitpur Nepal
+9779841625018/9851090914
[email protected]

हाम्रो समूह

  • प्रधान सम्पादक
    विपेन्द्र कार्की
  • कार्यकारी निर्देशक
    कुमार खतिवडा
  • संवाददाता
    अस्मिता शाह